२०८३, साउन ३१ गते

आइतबार, साउन ३१ गते २०८३

आइतबार, साउन ३१ गते २०८३

समर्थन फिर्ता लिँदै लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस

समर्थन फिर्ता लिँदै लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस

साझा पोष्ट
मंगलबार, साउन १२ २०८३
  • images
    images
    समर्थन फिर्ता लिँदै लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस

    बुटवल । नेपाली कांग्रेस समर्थन फिर्ता लिँदै लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छ । सरकारमा सहभागी नेपाली कांग्रेसका पाँच जना मन्त्रीहरू मंगलबार मुख्यमन्त्री चेतनारायण आचार्यलाई बुझाएका छन् । 


    images


    कांग्रेस संसदीय दलका सचेतक धनलक्ष्मी श्रेष्ठले मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्रसहित मन्त्रीहरूको सामूहिक राजीनामा बुझाएकी हुन् ।

    राजीनामा बुझाउने मन्त्रीहरूमा सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा, आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना तथा वन तथा वातावरण मन्त्री देवकरणप्रसाद कलवार  छन् ।

    एमाले र नेकपाबिच सत्ता सहकार्य हुने केन्द्रमा सहमति भएपछि कांग्रेसका मन्त्रीहरुले राजीनामा दिएका हुन् । 

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार