२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

देवानगञ्ज घटनाका मृतक र घाइतेलाई सहयोग गर्ने प्रदेश सरकारकाे घाेषणा

देवानगञ्ज घटनाका मृतक र घाइतेलाई सहयोग गर्ने प्रदेश सरकारकाे घाेषणा

साझा पोष्ट
बुधबार, साउन १३ २०८३
  • images
    images
    देवानगञ्ज घटनाका मृतक र घाइतेलाई  सहयोग गर्ने प्रदेश सरकारकाे घाेषणा

    काठमाडौं, साउन १३ । सुनसरीको देवानगञ्जमा भएको घटनामा ज्यान गुमाउनेको परिवारलाई कोशी प्रदेश सरकारले २ लाख रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेको छ ।


    images

    बुधबार बसेको सर्वदलीय बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राहत उपलब्ध गराउने घोषणा गरेका हुन् ।

    घाइते परिवारलाई जनही ५० हजार तथा घर, पसल र अन्य आगजानी भएका परिवारलाई पनि  ५० हजारका दरले राहत दिने घोषणा प्रदेश सरकारल गरेको छ ।

    सर्वदलीय बैठकले साउन १० गते भएको घटनापछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै कोशी प्रदेश सरकारलको आयोजनामा बसेको सर्वपक्षीय बैठकले सामाजिक सद्भाव, शान्ति सुरक्षा कायम गर्न आठबुँदे निर्णय गरेको छ ।


    सरकारले सामाजिक सद्भाव र साम्प्रदायिक एकता कायम गर्न राजनीतिक, सामाजिक तथा प्रशासनिक पक्षले समन्वयात्मक पहल गर्ने, पालिका तहमा सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरी सद्भाव अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

    सामुदायिक तहमा मेलमिलाप र सद्भाव कायम गर्न स्थानीय प्रशासनसँग समन्वय गरी सद्भाव यात्रा तथा सार्वजनिक अपिललगायतका कार्यक्रम सञ्चालन गरिने भएको छ ।

    बैठकले सबै धार्मिक समुदायका संघ–संस्थाले संयुक्त अपिल जारी गर्दै समन्वय र सहजीकरणमा भूमिका खेल्नुपर्ने, सीमाक्षेत्रबाट हुन सक्ने अवाञ्छित गतिविधिप्रति सुरक्षा सतर्कता अपनाउने तथा घाइतेको उपचार र मृतकका परिवारलाई राहत उपलब्ध गराउन संघीय सरकारसँग अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार