२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

सिंहदरबारमा सुरक्षा परिषद् बैठक सुरु

सिंहदरबारमा सुरक्षा परिषद् बैठक सुरु

साझा पोष्ट
बिहीबार , साउन १४ २०८३
  • images
    images
    सिंहदरबारमा सुरक्षा परिषद् बैठक सुरु

    काठमाडौं,साउन १४ ।  राष्ट्रिय सुरक्षा परिषदको बैठक  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा सुरु भएको छ । परिषदका अध्यक्ष समेत रहेका प्रधानमन्त्री बालेन शाहले सुनसरी घटनासहित देशको समग्र शान्ति सुरक्षाको अवस्थाबारे छलफल गर्न बैठक बैठक बाेलाएका हुन् । 
     राष्ट्रिय सुरक्षा परिषदमा प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव र नेपाली सेनाका प्रधान सेनापति रहन्छन् । परिषदमा रक्षा सचिवले सदस्य सचिवको रुपमा काम गर्छन् ।


    images

    परिषद्ले नेपाली सेनाको परिचालन वा नियन्त्रण सम्बन्धमा नेपाल सरकार समक्ष सिफारिस गर्ने, नेपाली सेनाको सुदृढीकरण एवम् आधुनिकीकरण गर्न आवश्यक कार्ययोजना तयार गर्ने, सुरक्षा निकायको लागि चाहिने हातहतियार, उपकरण र तिनीहरुको मापदण्ड सम्बन्धी नीति तर्जुमा गर्ने, मुलुकको समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षा सम्बन्धी नीति तर्जुमा गर्ने र राष्ट्रिय हित, सुरक्षा तथा प्रतिरक्षा सम्बन्धमा नेपाल सरकारलाई राय सल्लाह दिने काम गर्दछ ।सुनसरीमा हिंसात्मक झडप नरोकिइरहेका बेला बैठक बोलाइएको छ । 

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार