२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपतिकाे अपिल

सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपतिकाे अपिल

साझा पोष्ट
बिहीबार , साउन १४ २०८३
  • images
    images
    सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपतिकाे अपिल

    काठमाडौं,साउन १४ ।  राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीसहित मधेशका विभिन्न ठाउँमा देखिएको विषम परिस्थितीप्रति चिन्ता व्यक्त गर्दै आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न अपिल गरेका छन् । 


    images

    पौडेलले  एक अपिल जारी गर्दै सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व नै नेपालको पहिचान र परम्परा भएकोले त्यसलाइ कायम राख्न भनेका हुन् ।  

    उनले भनेका छन्, ‘यसलाई कायम राख्दै शान्ति, अमनचयन र सुव्यवस्था कायम गरी राष्ट्रिय एकतालाई मजबुत बनाउन म सबै राजनीतिक दल, नागरिक समाज तथा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई आग्रह गर्दछु ।’

    राष्ट्रपति पौडेलले उत्पन्न विषम परिस्थितिलाई यथाशीघ्र सामान्य बनाउन, शान्ति सुव्यवस्थालाई पूर्ववत् अवस्थामा ल्याई नागरिकको शान्तिपूर्ण जीवनयापन गर्ने वातावरण कायम गर्न हरसम्भव प्रयासमा सरकार लाग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

    अपिलमा राष्ट्रपति पौडेलले लेखेका छन्-‘यो कठिन अवस्थामा स्थितिलाई थप जटिल बन्न नदिई समुदायमा एकता, आपसी सद्भाव, मित्रता र सहिष्णुता कायम गर्न म सबैलाई हार्दिक अपिल गर्दछु ।’

    घटनाको सत्यतथ्य छानबिन गरी दोषीउपर कडा कारबाही गर्न र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिनेतर्फ सरोकारवाला सबैलाई सचेत हुन उनको आग्रह छ । राष्ट्रपति पौडेलले सो घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलीसहित शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्दै घाइतेहरूको स्वास्थ्यलाभको कामना गरेका छन् ।

     

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार