काठमाडौं, साउन १५ । गृहमन्त्री सुधन गुरुङ सुनसरीको देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्ज पुगेर मृतक ओमप्रकाश मेहता र जयप्रकाश मेहताको परिवारसँग सम्झौता गरेका छन् ।
विहीवार राति त्यहाँ पुगेर उनले सात बुँदे सम्झौता गरेका हुन् । सम्झौतामा गृहमन्त्री गुरुङ र मेहता परिवारका तर्फबाट नरेश मेहताले हस्ताक्षर गरेका छन् ।
मृतकलाई शहीद घोषणा गरी १० लाख परिवारलाई उपलब्ध गराउने, परिवारका सदस्यलाई रोजगारी दिने लगायतको सम्झौता भएको छ । सम्झौता अनुसार आज मृतक ओमप्रकाश मेहताको अन्तिम संस्कार हुनेछ ।


