२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

पाकिस्तानको 'ब्रड पिक'मा हिमपहिरो, निर्मल पुर्जासहित १० आरोही सम्पर्कविहीन

पाकिस्तानको 'ब्रड पिक'मा हिमपहिरो, निर्मल पुर्जासहित १० आरोही सम्पर्कविहीन

साझा पोष्ट
शुक्रबार, साउन १५ २०८३
  • images
    images
    पाकिस्तानको 'ब्रड पिक'मा हिमपहिरो, निर्मल पुर्जासहित १० आरोही सम्पर्कविहीन

    काठमाडौं,साउन १५। पाकिस्तानको काराकोरम क्षेत्रमा पर्ने विश्वको १२औँ अग्लो हिमाल ब्रड पिकमा ठूलो हिमपहिरो जाँदा नेपाली चर्चित पर्वतारोही निर्मल ‘निम्स’ पुर्जासहित १० जना आरोही सम्पर्कविहीन भएका छन्।


    images

    बिहीबार बिहान करिब ९ः२० बजे ब्रड पिकमा हिमपहिरो गएको बताइएको छ।

    त्यतिबेला आरोहीहरूको ठूलो टोली शिखरतर्फ अघि बढिरहेको थियो। हिमपहिरोपछि टोलीका १० जना आरोहीसँग सम्पर्क हुन सकेको छैन।

    पाकिस्तानको पर्वतारोहणसम्बन्धी संस्था अल्पाइन क्लब अफ पाकिस्तान ९एसीपी० ले ब्रड पिकमा करिब ८ हजार ४७ मिटर उचाइमा हिमपहिरोले आरोहीहरूको टोलीलाई प्रभावित पारेको जानकारी प्राप्त भएको जनाएको छ।

    एसीपीका अनुसार  टोलीमा प्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जाको नेतृत्वमा  पाँच नेपाली, पाकिस्तानका सोहेल साखी, ओमानकी पर्वतारोही नथिरा, अमेरिकी आरोही म्यालोरी गाइस, चीनका वाङ तथा अर्का एक विदेशी आरोहीसहित १० जना  छन्।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार