काठमाडौं,साउन १६ । पाकिस्तानको ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परेका सबै आरोहीको निधन भएको छ।
ब्रोड पिक आरोहणका क्रममा बिहीबार हिमपहिरोमा परेर ६ नेपालीसहित १० आरोही हराएकामा सबैको निधन भएको हाे ।
हिमपहिरोमा हराएका १० जनामध्ये चार जनाकाे शव शुक्रबार भेटिएको थियो। अन्य आरोहीको पनि निधन भएको जनाउँदै प्रधानमन्त्री वालेन्द्र शाहले श्रद्धाञ्जली अर्पण दिएका छन् । प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत लेखेका छन्, ‘सम्पूर्ण दिवङ्गत आरोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली। शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकहरूप्रति हार्दिक समवेदना।’
ब्रोड पिक आरोहणका क्रममा ज्यान गएका नेपाली आरोहीमा निर्मल पुर्जासहित पुरबहादुर गुरुङ, निमा शेर्पा, किली पेम्बा शेर्पा, ग्यालु शेर्पा र नवाङ थिन्दु शेर्पा छन्।
आरोहण दलका १० मध्ये चार जना विदेशी छन्। विदेशी आरोहीमा ओमानकी नाधिरा अहमद अब्दुल्लाह अल हार्थी, पाकिस्तानका सोहेल साखी, चीनका वाङ झोङ र अमेरिकाकी म्यालोरी गाइस थिए।


