२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

ब्रड पिकमा निर्मल पुर्जाको शव फेला

ब्रड पिकमा निर्मल पुर्जाको शव फेला

साझा पोष्ट
आइतबार, साउन १७ २०८३
  • images
    images
    ब्रड पिकमा  निर्मल पुर्जाको शव फेला

    काठमाडौं,साउन १७ काठमाडौं। चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’को शव फेला परेको छ।


    images

    पाकिस्तानको अल्पाइन क्लब (एसीपी)का अनुसार ब्रड पिक हिमालको करिब ५,७०० मिटर उचाइमा बेपत्ता भएको तीन दिनपछि उनको शव फेला परेको हो।

    हिमपहिरोमा परेर उनी र उनको टोलीका सदस्यहरूसँग बिहीबार बिहान सम्पर्क टुटेको थियो।

    यसअघि शनिबार उनको अभियान आयोजक कम्पनी एलिट एक्सपेडले पाकिस्तानी पर्वतारोही सोहेल साखीसहित अभियानमा सहभागी सबै सदस्यको मृत्यु भएको घोषणा गरेको थियो।

    आइतबारसम्म तीन जना पर्वतारोहीको शव उद्धार गरिएको थियो भने अमेरिकाका एक पर्वतारोहीको भएको विश्वास गरिएको शवका अवशेष पनि फेला परेको एसीपीकी नायला कियानीले पाकिस्तानी मिडिया ‘डनडटकम’लाई बताएकी छन्।

    त्यसपछि एसीपीले जारी गरेको विज्ञप्तिमा निम्सदाइको शव पनि फेला परेको पुष्टि गरेको हो।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार