२०८३, साउन ३१ गते

आइतबार, साउन ३१ गते २०८३

आइतबार, साउन ३१ गते २०८३

बालबालिकादेखि युवासम्म लोकप्रिय बन्दै मुवाँथाई खेल

बालबालिकादेखि युवासम्म लोकप्रिय बन्दै मुवाँथाई खेल

साझा पोष्ट
सोमबार, साउन १८ २०८३
  • images
    images
    बालबालिकादेखि युवासम्म लोकप्रिय बन्दै मुवाँथाई खेल

    काठमाडौं,साउन १८ । नेपाली खेलकुदमा मार्सल आर्ट्स विधाको इतिहास गौरवशाली रहँदै आएको छ । एशियन गेम्स, ओलम्पिक र दक्षिण एसियाली खेलकुदका प्रतिस्पर्धामा मार्सल आर्ट्स खेल सबैभन्दा राम्रो नतिजा दिनेमा पर्छन् । यी मार्सल आर्ट्स खेलमा पछिल्ला समय मुवाँथाई खेलमा पनि लोकप्रिय हुँदै आएको छ ।


    images

    जुन खेलको सुरुवात थाइल्याण्डबाट भएको हो । विश्व प्रसिद्ध एक्सन हिरो टोनी जाले पनि खेल्ने गरेको यो पछिल्लो समय युवाहरूको आकर्षण बन्दै छ । नेपालमा यो खेल विकास हुने चरणमा छ । तर ऐतिहासिक र ठूला पदक भने नेपालको मुवाँथाईले भित्राइसकेको छ । प्रो/एमेच्योर विधामा गुणराज रुचालले सन् २०२४ को विश्व च्याम्पियनसिपमा स्वर्ण पदक जितेका जितेका थिए । यो नै सबभन्दा ठूलो सफलता हो । राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने नाराजस्तै पछिल्ला समय व्यावसायिक रूपमा मात्र नभई आफ्नो शरीर स्वस्थ राख्न पनि युवाहरू यस खेलप्रति आकार्षिक हुँदै आएका छन् । सन् २०१० मा गणेशलाल कक्षपतीले थाइल्याण्डमा भएको सातौँ मुवाँथाई विश्व च्याम्पियनसिप खेलेका थिए ।

    ganesh_muwathai.jpg
    गणेशलाल कक्षपति,अध्यक्ष, नेपाल राष्ट्रिय मुवाँथाइ संघ

    त्यो खेलपछि नै कक्षापतीले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा दर्ता प्रक्रिया शुरु गरेपछि यस खेलको वैधानिक रूपमा सुरुआत भएको हो । हाल उनै कक्षपती नेपाल राष्ट्रिय मुवाँथाइ संघका अध्यक्ष छन् । पूर्वराष्ट्रिय खेलाडी, प्रशिक्षक र संघका अध्यक्षसमेत रहेका कक्षापतीले २०५४/५५ सालदेखि नै यो खेल नेपाल खेलिँदै आएको बताए । त्यति बेला सेल्फ डिफेन्सका रूपमा यो खेल सुरु भए पनि २०१० पछि वैधानिक रूपमा खेल संघ स्थापना गरी सुरुवात गरिएको बताए । फेन्सी ट्याइपको कम्ब्याट भएकाले नै पछिल्ला समय युवाहरूमाझ लोकप्रिय बन्दै आएको उनको बुझाइ छ ।

    मार्सल आर्ट्सका अन्य विधा खेल्न पनि मुवाँथाई खेलले मद्दत पुग्ने उनी बताउँछन् । बक्सिङ, उसु, किक बक्सिङ, क्योकुशिन, जुडो र करातेजस्ता खेलका खेलाडीलाई पनि सुरुमा यो खेलबाट जाँदा मद्दत पुग्ने भएकाले मुवाँथाईमा अन्य खेलका खेलाडी पनि आउने गरेको अध्यक्ष कक्षपतिले जानकारी दिए । अहिले देशभर ५० वटा क्लब र दुई हजार जति खेलाडी नियमित प्रशिक्षण गर्ने गरेको उनी बताउँछन् । विभागीय टोली आर्मी र एपिएफमा पनि यो खेलप्रति आकर्षण बढ्दै गएको छ ।

    नेपाली मुवाँथाईले एसियन इन्डोर मार्सल आर्ट्स गेम्समा पनि खेलिसकेको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय ओलम्पिकमा पनि दर्ता भएको अध्यक्ष कक्षपतिले उल्लेख गरे । अन्तर्राष्ट्रिय पदकसँगै देशमा लोकप्रियता बढ्दै गए पनि राज्यले मुवाँथाइ खेलप्रति बेवास्ता गर्दै आएको उनले गुनासो गरे । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुरूप नै ६३ वटा खेलसरह मुवाँथाई खेल संघ दर्ता छ । तर राज्यले अन्य खेलसरह व्यवहार नगरेको उनी बताउँछन् । ६३ वटै खेल समान व्यवहार राज्यले नगरेको उनले दाबी गरे । के को आधारमा राज्यले ३०/३१ वटा खेलको मात्र राष्ट्रिय खेल गराउनुले विभेदकारी नीति राज्यबाट हुँदै आएको छ । खेलकुद परिषद् बिना मापदण्ड राष्ट्रिय खेलकुदमा समावेश गर्नु गलत रहेको उनी बताउँछन् ।

    प्राइभेट क्लवहरूमा यो खेल सिक्ने खेलाडीले धेरै पैसा तिर्न बाध्य छन् । तर, त्रिपुरेश्वरस्थित मुवाँथाइ संघको केन्द्रिय प्रशिक्षण केन्द्रमा भने फरक वातावरण छ । ८ वर्षदेखि ४० वर्ष उमेरसम्मका खेलाडीहरू प्रशिक्षण गर्छन् । जहाँ सामान्य वर्गका र पैसा तिरेर खेल्न नसक्ने खेलाडीलाई पनि संघले प्रशिक्षण गराउँदै आएको छ । राष्ट्रका लागि खेल्न नसके पनि स्वास्थ्यका लागि खेल्न खेलाडीलाई प्रोत्साहित गर्दै छन् । पछिल्ला समय साइन्स बढेकाहरू पनि खेलकुद आउँदा खेल विकासमा मद्दत पुग्ने गरेको उनको भनाइ छ । धेरैजसो फिटनेसका लागि पनि मुवाँथाई खेल्ने गरेका छन् । तर दुई दशकको अन्तर्राष्ट्रिय यात्रामा यो खेलले विश्व च्याम्पियनसिपमा चार वटा पदक ल्याएको छ । यसपल्ट २० वटा देशको वरियतामा नेपाल चौथो स्थानमा रहेको अध्यक्ष कक्षपति बताउँछन् । नवौँ राष्ट्रिय खेलकुदसँगै केही संस्करणमा मुवाँथाई प्रदर्शनी खेलका रूपमा समावेश हुँदै आएको छ । पछिल्लो ओलम्पिकमा पनि यो प्रदर्शन खेलका रूपमा भइसकेको छ ।

    मार्सल आर्ट्सका अन्य विधा खेल्न पनि मुवाँथाई खेलले मद्दत पुग्ने उनी बताउँछन् । बक्सिङ, उसु, किक बक्सिङ, क्योकुशिन, जुडो र करातेजस्ता खेलका खेलाडीलाई पनि सुरुमा यो खेलबाट जाँदा मद्दत पुग्ने भएकाले मुवाँथाईमा अन्य खेलका खेलाडी पनि आउने गरेको अध्यक्ष कक्षपतिले जानकारी दिए । अहिले देशभर ५० वटा क्लब र दुई हजार जति खेलाडी नियमित प्रशिक्षण गर्ने गरेको उनी बताउँछन् । विभागीय टोली आर्मी र एपिएफमा पनि यो खेलप्रति आकर्षण बढ्दै गएको छ ।

    नेपाली मुवाँथाईले एसियन इन्डोर मार्सल आर्ट्स गेम्समा पनि खेलिसकेको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय ओलम्पिकमा पनि दर्ता भएको अध्यक्ष कक्षापतिीले उल्लेख गरे । अन्तर्राष्ट्रिय पदकसँगै देशमा लोकप्रियता बढ्दै गए पनि राज्यले मुवाँथाइ खेलप्रति बेवास्ता गर्दै आएको उनले गुनासो गरे । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुरूप नै ६३ वटा खेलसरह मुवाँथाई खेल संघ दर्ता छ । तर राज्यले अन्य खेलसरह व्यवहार नगरेको उनी बताउँछन् । ६३ वटै खेल समान व्यवहार राज्यले नगरेको उनले दाबी गरे । के को आधारमा राज्यले ३०/३१ वटा खेलको मात्र राष्ट्रिय खेल गराउनुले विभेदकारी नीति राज्यबाट हुँदै आएको छ । खेलकुद परिषद् बिना मापदण्ड राष्ट्रिय खेलकुदमा समावेश गर्नु गलत रहेको उनी बताउँछन् ।

    प्राइभेट क्लवहरूमा यो खेल सिक्ने खेलाडीले धेरै पैसा तिर्न बाध्य छन् । तर, त्रिपुरेश्वरस्थित मुवाँथाइ संघको केन्द्रिय प्रशिक्षण केन्द्रमा भने फरक वातावरण छ । ८ वर्षदेखि ४० वर्ष उमेरसम्मका खेलाडीहरू प्रशिक्षण गर्छन् । जहाँ सामान्य वर्गका र पैसा तिरेर खेल्न नसक्ने खेलाडीलाई पनि संघले प्रशिक्षण गराउँदै आएको छ । राष्ट्रका लागि खेल्न नसके पनि स्वास्थ्यका लागि खेल्न खेलाडीलाई प्रोत्साहित गर्दै छन् । पछिल्ला समय स्पोटर््स साइन्स बढेकाहरू पनि खेलकुद आउँदा खेल विकासमा मद्दत पुग्ने गरेको उनको भनाइ छ । धेरैजसो फिटनेसका लागि पनि मुवाँथाई खेल्ने गरेका छन् ।

    तर दुई दशकको अन्तर्राष्ट्रिय यात्रामा यो खेलले विश्व च्याम्पियनसिपमा चार वटा पदक ल्याएको छ । यसपल्ट २० वटा देशको वरियतामा नेपाल चौथो स्थानमा रहेको अध्यक्ष कक्ष पति बताउँछन् । नवौँ राष्ट्रिय खेलकुदसँगै केही संस्करणमा मुवाँथाई प्रदर्शनी खेलका रूपमा समावेश हुँदै आएको छ । पछिल्लो ओलम्पिकमा पनि यो प्रदर्शन खेलका रूपमा भइसकेको छ ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार