२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

साउनको तेस्रो सोमवारः पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो

साउनको तेस्रो सोमवारः पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो

साझा पोष्ट
सोमबार, साउन १८ २०८३
  • images
    images
    साउनको तेस्रो सोमवारः पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो

    काठमाडौं,साउन १८ । साउन महिनाको तेस्रो सोमवार आज काठमाडौंको पशुपतिनाथ मन्दिरसहित मुलुकभरका विभिन्न शिवालयहरूमा भक्तजनको ठूलो घुइँचो लागेको छ । 


    images

    विशेष गरी सोमवारको दिन भगवान शिवको पूजा–आराधना र दर्शनका लागि बिहानैदेखि श्रद्धालुहरूको उल्लेख्य उपस्थिति देखिएको हो । पशुपतिनाथ मन्दिरमा आज बिहानैदेखि भक्तजनहरू लामवद्ध भएर दर्शन गरिरहेका छन् । साउन महिना र सोमवारको विशेष धार्मिक महत्वका कारण पशुपति क्षेत्रमा श्रद्धालुको बाक्लो चहलपहल छ ।

    पशुपतिनाथका साथै मुलुकका अन्य प्रमुख शिव मन्दिरहरूमा पनि आज भक्तजनको उल्लेखनीय उपस्थिति रहेको छ । देशभरका विभिन्न स्थानमा रहेका शिवालयहरूमा भक्तजनहरूले महादेवको पूजा–आराधना गर्दै जल अर्पण गरिरहेका छन् ।

    साउनको सोमवारका अवसरमा विशेष गरी महिला श्रद्धालुहरू व्रत बस्ने र शिव मन्दिरमा पुगेर सुख, शान्ति तथा समृद्धिको कामना गर्ने परम्परा रहिआएको छ ।

    मुलुकभरका शिवालयहरूमा भक्तजनको चापलाई मध्यनजर गर्दै सुरक्षा र दर्शनको व्यवस्थापनलाई सहज बनाइएको छ । पशुपतिनाथ क्षेत्रलगायतका स्थानमा भक्तजनको सहजताका लागि स्वयंसेवक तथा सुरक्षाकर्मीहरू परिचालन गरिएका छन् । –न्युज एजेन्सी नेपाल

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार