काठमाडौं,साउन १८। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई पक्राउ गरेको छ ।
नक्कली कागजातका आधारमा तिब्बती शरणार्थीलाई जर्मन पठाउन खोजेको आरोपमा मुद्दा चलाएको एक सातापछि सीआईबीले भट्टराईलाई पक्राउ गरेको हो ।
भट्टराईलाई जिल्ला अदालत काठमाडौंमा बुझाइएको छ । भट्टराईको बयान हुनेछ, त्यसपछि अदालतले थुनछेक आदेश गर्नेछ ।


