काठमाडौं,साउन १८ । व्यवसायी दुर्गा प्रसाईँ रिहा भएका छन् ।
राजावादी आन्दोलन चलाउने घोषणापछि गिरफ्तार गरिएका प्रसाईँ जिल्ला अदालतकाे आदेश पछि रिहा भएका हुन् ।
उनका विरुद्ध साइबर अपराध, राज्यविरुद्ध, सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्ध र सार्वजनिक शान्तिविरुद्धको कसुरसहित तीनवटा मुद्दामा अनुसन्धान गर्न प्रहरीले म्याद मागेको थियो ।
तर भक्तपुर जिल्ला अदालतले ती सबै कसुरमा हिरासत बाहिरै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो ।


