२०८३, साउन ३१ गते

आइतबार, साउन ३१ गते २०८३

आइतबार, साउन ३१ गते २०८३

सरकारका राष्ट्रिय स्वाधीनताविरोधी गतिविधिविरुद्ध वामपन्थी सहकार्य आवश्यकः प्रचण्ड

सरकारका राष्ट्रिय स्वाधीनताविरोधी गतिविधिविरुद्ध वामपन्थी सहकार्य आवश्यकः प्रचण्ड

साझा पोष्ट
सोमबार, साउन १८ २०८३
  • images
    images
    सरकारका राष्ट्रिय स्वाधीनताविरोधी गतिविधिविरुद्ध वामपन्थी सहकार्य आवश्यकः प्रचण्ड

    काठमाडौं,साउन १८ ।  नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारका गतिविधि विपन्न नागरिक तथा राष्ट्रिय स्वाधीनताविरुद्ध उन्मुख रहेको आरोप लगाउँदै त्यसलाई रोक्न वामपन्थी शक्तिहरूबीच कार्यगत सहकार्य आवश्यक रहेको बताएका छन्।


    images

    सोमबार काठमाडौँमा आयोजित २४औँ बोत्ले स्मृति दिवस कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले कार्यगत एकता हुँदैमा पार्टी एकता भइनहाल्ने बताए। उनले सहकार्यलाई विषयगत र कार्यगत एकताको रूपमा व्याख्या गर्दै त्यसलाई पार्टी एकतासँग जोडेर भ्रम फैलाउन नहुनेसमेत बताए।

    उनले वामपन्थी एकताको लागि विचार, राजनीति, संगठन र सिद्धान्तलगायतका विषयमा पर्याप्त तयारी र साझा समझदारी बनाउन आवश्यक रहेको पनि बताए। उनले तत्कालीन नेकपा एकीकरणको समयमा पर्याप्त राजनीतिक तयारी नहुँदा पार्टी विभाजन भएको स्वीकार गरे।

    उनले तत्कालीन नेकपा विघटनका लागि सम्पूर्ण दोष नेतामाथि मात्रै थोपर्न नमिल्ने पनि बताए।

    उनले भने, ‘अहिले जसरी सुकुम्बासीका विरुद्ध, मजदुरका विरुद्ध, विद्यार्थी, ट्रेड युनियन, नेपालको राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डताका विरुद्ध सरकारका गतिविधिहरू अगाडि बढेका छन्। यस्तो बेलामा देश बचाउने र आन्दोलन बचाउने मुद्दामा हामी सहकार्य गर्न चाहन्छौँ। हामीले अहिले नै पार्टी एकताको कुरा गरेका होइनौँ। सहकार्य हुनेबित्तिकै पार्टी एकता हुनै लागेको भन्ने हुँदैन। यो भ्रममा हामी कोही पनि नपरौँ।’

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार