काठमाडौं । प्रधानमन्त्री बालेन शाह र प्रधानसेनापति अशोकराज सिग्देलबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा उनीहरुबीच मंगलबार भेटवार्ता भएको हो । भेटवार्ताको विषय भने सार्वजनिक भएको छैन । तर गोकर्णेश्वरस्थित सैनिक ब्यारेकमा रास्वपा सांसद राजुनाथ पाण्डेले डोजर लगाएर सेनाको ब्यारेकका पर्खाल भत्काएपछीको भेटलाई त्यसैसँग जोडेर हेरिएको छ । त्यो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ ।


