काठमाडौं,साउन २१ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बरमा स्वदेश फर्कने घोषणा गरेकी छन्।
बुधबार साँझ भारतबाटै अडिओ माध्यमबाट पत्रकार सम्मेलन गरी हसिनाले बंगलादेश फर्कने घोषणा गरेकी हुन्।
'म मेरा नागरिकहरूकहाँ फर्कन्छु। पहिले पनि कैयौं पटक गिरफ्तार भइसकेको छु। यसअघि पनि देश फर्किएकै थिएँ। लोकतन्त्र र धर्मनिरपेक्ष व्यवस्थाप्रति भरोसा छ,' उनले भनिन्। तारिखसमय र कुनै दिन जानकारी दिने हसिनाले बताइन्।
बंगलादेशमा १५ वर्षदेखि एकछत्र सत्ता चलाएकी हसिना सन् २०२४ जुलाई–अगस्टमा भएको विद्यार्थी विद्रोहपछि देश छोडेर भारत भागेकी थिइन्।
सो विद्रोहका दौरान हिंसात्मक दमन गरेको भन्दै हसिनालाई मानवता विरूद्धको अपराधको अभियोग लगाइएको थियो।
सो मुद्दामा गत नोभेम्बरमा फैसला गर्दै त्यहाँको विशेष न्यायाधीकरणले मृत्युदण्डको सजाय सुनाइएको थियो।
मुद्दा नचलाइकन र फैसला आएपछि पनि बंगलादेश हसिनालाई फिर्ता पठाउन पटक-पटक भारतलाई आग्रह गरे पनि भारतले मानेको थिएन।
अब भने हसिना आफै स्वदेश फर्किने बताएकी हुन्।


