२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

आफू एक्लै परेको प्रधानमन्त्रीको गुनासो, मध्यरातमा भने: कहिलेकाहीँ एक्लै लड्नुपर्छ, यो पहिलो चोटी होइन

आफू एक्लै परेको प्रधानमन्त्रीको गुनासो, मध्यरातमा भने: कहिलेकाहीँ एक्लै लड्नुपर्छ, यो पहिलो चोटी होइन

साझा पोष्ट
शनिबार, साउन २३ २०८३
  • images
    images
    आफू एक्लै परेको प्रधानमन्त्रीको गुनासो, मध्यरातमा भने:  कहिलेकाहीँ एक्लै लड्नुपर्छ, यो पहिलो चोटी होइन

    काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले अहिले आफू एक्लै लडिरहेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्रीले यस्तो प्रतिक्रिया जनाएका हुन् । 


    images


    “कहिलेकाहीँ एक्लै लड्नुपर्छ,“ शुक्रबार बालेनले फेसबुकमा लेखेका छन्, “यो पहिलो चोटी होइन ।“ उनले सही समय आउन केही समय लाग्ने पनि बताएका छन् । ढिला भए पनि गलत नहुने उनको भनाइ छ ।

    “सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ,“ बालेनले भनेका छन् ।

    सरकारको कामकारवाहीलाई लिएर संसदमा रास्वपाका सांसदहरुनै आक्रामक भएकै दिन प्रधानमन्त्रीको यस्तो प्रतिक्रिया आउनुलाई अर्थपूर्ण मानिएको छ ।

    शुक्रवार दिउँसो संसद बैठकमा रास्वपाका सांसदहरुले सरकारको शासनशैली र कार्यक्षमतामाथि  प्रश्न उठाएका थिए, त्यसपछि राति प्रधानमन्त्रीको प्रतिक्रिया आएको छ । 

    यसलाई रास्वपामा सभापति रवि लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाह पक्षबीच देखिएको मतभेदको प्रभावका रूपमा हेरिएको छ। 

    ">

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार