२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

थाइल्यान्डमा १४ वर्षीय किशोरले आठ जनाको गोली हानेर हत्या गरे

थाइल्यान्डमा १४ वर्षीय किशोरले आठ जनाको गोली हानेर हत्या गरे

साझा पोष्ट
शनिबार, साउन २३ २०८३
  • images
    images
    थाइल्यान्डमा १४ वर्षीय किशोरले आठ जनाको गोली हानेर हत्या गरे

    काठमाडौं,साउन २३ ।  थाइल्यान्डको राजधानी बैंककमा १४ वर्षीय एक किशोरले गोली चलाउँदा आठ जनाको मृत्यु भएको छ । गोली लागेर २२ जना घाइते भएका छन् ।
    सुरुमा हजुरबुबा र हजुरआमाको हत्या गरेका उनले पछि देब्सिरिन नामको विद्यालयमा पुगेर गोली चलाएका थिए ।


    images

    विद्यालयमा उनले चलाएको गोली लागेर पाँच शिक्षकको ज्यान गएको छ । गोली लागेर घाइते भएका एक विद्यार्थीको पनि उपचारका क्रममा मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । अन्तमा किशोरले आफैंलाई गोली हानेका थिए ।

    प्रहरीका अनुसार किशोरले शुक्रबार स्थानीय समयअनुसार बिहान करिब ५ बजे ७३ वर्षीय हजुरबुबा र ७४ वर्षीया हजुरआमालाई गोली हानेका थिए । त्यसपछि विद्यालय गएका उनले दोस्रो कक्षा सुरु भएको करिब आधा घण्टापछि बन्दुक निकालेर गोली चलाउन थालेका थिए । प्रहरीका अनुसार उनले विद्यालयको छैटौँ तलामा रहेका शिक्षकहरूमाथि गोली चलाएका थिए, जहाँ तीन शिक्षकको मृत्यु भयो । त्यसपछि उनी भर्‍याङबाट तल झर्दै गर्दा भेटिएका अरु दुई जनालाई पनि गोली हानेर हत्या गरेको प्रहरी अधिकारीले बताएका छन् ।त्यसपछि उनले आफैंलाई गोली हानेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार ती किशोरले आक्रमणमा प्रयोग गरेको बन्दुक र गोली उनकै हजुरबुबाको थियो । स्थानीय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उक्त बन्दुक कानुनी रूपमा दर्ता भएको र त्यसका लागि अनुमति पनि लिइएको थियो ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार