२०८३, साउन ३१ गते

आइतबार, साउन ३१ गते २०८३

आइतबार, साउन ३१ गते २०८३

शेरबहादुरकै नेतृत्वमा कांग्रेस अगाडि बढ्छ: शशांक कोइराला

शेरबहादुरकै नेतृत्वमा कांग्रेस अगाडि बढ्छ: शशांक कोइराला

साझा पोष्ट
शुक्रबार, साउन २९ २०८३
  • images
    images
    शेरबहादुरकै नेतृत्वमा कांग्रेस अगाडि बढ्छ: शशांक कोइराला

    काठमाडौं,साउन २९ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले शेरबहादुर देउवाकै नेतृत्वमा कांग्रेस अगाडि बढ्ने बताएका छन्। 


    images

    शुक्रबार कांग्रेस इतर पक्षको राष्ट्रिय भेला उद्घाटन समारोहलाई सम्बोधन गर्दै भेला आयोजक समितिका संयोजक डा. कोइरालाले देउवाकै नेतृत्वमा कांग्रेसलाई एकजुट बनाएर अघि बढ्ने बताए । 

    नेता कोइरालाले देउवाकै नेतृत्वमा कांग्रेस अघि बढ्ने बताए। ‘शेरबहादुर हाम्रो नेता हो, हाम्रो सभापति हो,’ डा. कोइरालाले भने, ‘उहाँको नेतृत्वमा नेपाली कांग्रेस हिड्छ।’

    उनले पार्टी एक बनाउनकै लागि भेला आयोजना गरिएको बताए। ‘नेपाली कांग्रेसलाई एकजुट बनाउने मेरो कर्तव्य हो,’ कोइरालाले भने, ‘कांग्रेस एकजुट भएमा कसैले पनि पराजित गर्न सक्दैन।’

    कोइरालाले पूर्वप्रधानमन्त्री देउवासँगको सम्बन्धबारे चर्चा गरे। पहिलो पटक देउवालाई बनारसमा बीपी कोइरालाले परिचय गराएको उनले सुनाए। 

    त्यसपछि गिरिजाप्रसाद कोइरालाले देउवालाई बोलाउन फोन गर्न लगाएको बताए। २०४६ सालको जनआन्दोलनपछि लन्डना रहेका देउवालाई आफूले फोन गरेको उनले सुनाए।

    ‘शेरबहादुरजीको भाग्य यति राम्रो छ, आउने वितिक्कै प्रधानमन्त्री बन्नु भयो,’ उनले भने। 

    यस पटक पनि देउवा आएसँगै भेला सफल भएको उनको दाबी छ । ‘शेरबहादुर देउवा यहाँ आउने वितिक्कै यो पूर्ण सफल हुन्छ,’ कोइरालाले भने। 

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार