२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

नेपालको हितअनुसार सन्धि–सम्झौता पुनरवलोकन गर्न सरकार प्रतिबद्ध छः परराष्ट्रमन्त्री खनाल

नेपालको हितअनुसार सन्धि–सम्झौता पुनरवलोकन गर्न सरकार प्रतिबद्ध छः परराष्ट्रमन्त्री खनाल

साझा पोष्ट
सोमबार, साउन २५ २०८३
  • images
    images
    नेपालको हितअनुसार सन्धि–सम्झौता पुनरवलोकन गर्न सरकार प्रतिबद्ध छः परराष्ट्रमन्त्री खनाल

    काठमाडौं,साउन २५ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको हितलाई केन्द्रमा राख्दै आवश्यकताअनुसार द्विपक्षीय तथा बहुपक्षीय सन्धि–सम्झौताको पुनरवलोकन, परिमार्जन वा नवीकरण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।


    images

    प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै मन्त्री खनालले अन्तर्राष्ट्रिय कानुन र कूटनीतिक प्रचलनअनुसार सन्धि–सम्झौताको पुनरवलोकन सम्बन्धित पक्षराष्ट्र तथा अन्तर्राष्ट्रिय संस्थाको आपसी सहमति र स्वीकृतिमा निर्भर रहने बताए।

    उनले नेपालको हितलाई केन्द्रमा राखेर सम्बन्धित मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य गर्दै उपयुक्त समयमा सन्धि–सम्झौताको पुनरवलोकन गरिने बताए। उनले कानुन, न्याय तथा संदीय मामिला मन्त्रालय, परराष्ट्र मन्त्रालय तथा सम्बन्धित अन्य मन्त्रालयको अधिकार क्षेत्रभित्र रहेका सन्धि–सम्झौताको समीक्षा गर्ने कार्य भइरहेको बताए।

    सम्बन्धित पक्षराष्ट्र तथा अन्तर्राष्ट्रिय संस्थासँग कूटनीतिक माध्यमबाट वार्ता अघि बढाउने र पारस्परिक सहमति भएका सन्धि–सम्झौतालाई अन्तिम रूप दिने कामसमेत भइरहेको मन्त्री खनालको भनाइ छ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार