२०८३, साउन ३१ गते

आइतबार, साउन ३१ गते २०८३

आइतबार, साउन ३१ गते २०८३

कोलम्बियामा शक्तिशाली भुइँचालो, कम्तीमा १११ जनाको मृत्यु

कोलम्बियामा शक्तिशाली भुइँचालो, कम्तीमा १११ जनाको मृत्यु

साझा पोष्ट
मंगलबार, साउन २६ २०८३
  • images
    images
    कोलम्बियामा शक्तिशाली भुइँचालो, कम्तीमा १११ जनाको मृत्यु

    काठमाडौं । कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । । कोलम्बियाको भूगर्भीय सेवाका अनुसार स्थानीय समयअनुसार सोमबार बिहान ७ बजेर ३४ मिनेटमा चोको प्रान्तको सान होसे डेल पाल्मारनजिक केन्द्रबिन्दु बनाएर भूकम्प गएको भूकम्पमा कम्तीमा १११ जनाको मृत्यु भएको छ ।


    images

    भूकम्पले थुप्रै भवन भत्किएकाले केही मानिस भग्नावशेषमा फसेको आशंका छ । मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरूले बताएका अन्तरराष्टिय संचार माध्यमले जनाएका छन् । 


    भूकम्पपछि सरकारले प्रभावित क्षेत्रमा आपत्कालीन अवस्था घोषणा गरेको छ  थियो । अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले पनि पश्चिमी कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि गरेको छ । यूएसजीएसका अनुसार भूकम्पको केन्द्रबिन्दु सान होसे डेल पाल्मारबाट करिब ३ माइल पूर्वतर्फ र राजधानी बोगोटाबाट करिब २८० किलोमिटर पश्चिममा  थियो । भूकम्प करिब १०३ किलोमिटर गहिराइमा गएको बताइएको छ ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार