२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

वरिष्ठ साहित्यकार डा.राजेन्द्र बिमलको निधन

वरिष्ठ साहित्यकार डा.राजेन्द्र बिमलको निधन

साझा पोष्ट
मंगलबार, साउन २६ २०८३
  • images
    images
    वरिष्ठ साहित्यकार डा.राजेन्द्र बिमलको निधन

    काठमाडौं,साउन २६ । वरिष्ठ साहित्यकार डा.राजेन्द्र बिमलको निधन भएको छ। ७९ वर्षको उमेरमा गएराति पौने १ बजे जनकपुरमै उनको निधन भएको कान्छा छोरा डा.विभाष लाभले जानकारी दिएका छन्।


    images

    सोमबार राति साढे ११ बजेतिर परिवारका सदस्यहरूसँग कुरा गर्ने क्रममा उनी एक्कासी बेहोस भएपछि उनलाई उपचारको लागि नजिकैको अस्पताल पुर्‍याइएकोमा उनको निधन भएको हो।

    विमलको प्रार्थिव शरीर श्रद्धाञ्जलीको लागि जनकपुरधाम उपमहानगरपालिका १० देवीचोकस्थित आफ्नै निवासमा राखिएको छ। विमलको मंगलबार दिउँसो ३ बजे जनकपुरधामस्थित स्वर्गद्वारीमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ। 

    भाषा विज्ञानमा विद्यावारिधि गरेका विमलका नेपाली, मैथिली, अंग्रेजी भाषाका थुप्रै साहित्यिक कृति प्रकाशित छन्।  

    विमलले २०२९ सालदेखि नै त्रिभुवन विश्वविद्यालयमा नेपाली विषयमा अध्यापन पनि गराएका थिए।  विमल जगदम्बा श्री पुरस्कारसहित थुप्रै सम्मानबाट विभूषित छन्। 

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार