२०८३, साउन ३१ गते

आइतबार, साउन ३१ गते २०८३

आइतबार, साउन ३१ गते २०८३

रोहितलाई कप्तानबाट हटाएपछि धन्यवाद दिँदै क्यानले भन्यो: एकपटकको नेता सधैंको नेता

रोहितलाई कप्तानबाट हटाएपछि धन्यवाद दिँदै क्यानले भन्यो: एकपटकको नेता सधैंको नेता

साझा पोष्ट
मंगलबार, साउन २६ २०८३
  • images
    images
    रोहितलाई कप्तानबाट हटाएपछि धन्यवाद दिँदै क्यानले भन्यो: एकपटकको नेता सधैंको नेता

    काठमाडौं,साउन २६ । नेपाल क्रिकेट संघ (क्यान) ले रोहितकुमार पौडेललाई राष्ट्रिय टोलीको नेतृत्व गरेर योगदान दिएकोमा धन्यवाद दिएको छ ।
    टोलीको नेतृत्वबाट हटाएपछि क्यानले आफ्नो फेसबुक पेजबाट रोहितलाई धन्यवाद दिएको हो ।
    क्यानले सोमबार रोहितलाई ओडीआईको कप्तानबाट पनि हटाएर सन्दीप लामिछानेलाई नयाँ कप्तान बनाएको छ । 


    images

    ‘धन्यवाद, रोहित, एउटा राष्ट्रको आशा बोकेर जोश, समर्पण र अटल दृढताका साथ नेपालको नेतृत्व गर्नुभएकोमा’, क्यानले लेखेको छ, ‘हाम्रो पुरुष राष्ट्रिय क्रिकेट टोलीको कप्तानका रूपमा तपाईंको नेतृत्वमा हामीले उल्लेखनीय उपलब्धिहरू हासिल गर्‍यौँ, र यस्ता अविस्मरणीय क्षणहरू सिर्जना गर्‍यौँ, जुन नेपाली क्रिकेटको यात्रामा सधैँ गर्वका साथ स्मरण गरिनेछन् ।’

    रोहितले टोली, देश र खेलप्रतिको जाहेर गरेको प्रतिबद्धता सधैँ प्रेरणादायी रहेको क्यानले उल्लेख गरेको छ । साथै, क्यानले रोहितले आगामी दिनमा राष्ट्रिय टोलीलाई भावना, गौरव र समर्पणका साथ योगदान गर्ने विश्वास पनि व्यक्त गरेको छ ।

    क्यानले रोहितको प्रशंसा गरिसकेपछि अन्त्यमा लेखेको छ, ‘एकपटक नेता बनेपछि सधैँ नेता नै रहिन्छ ।’

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार