काठमाडौं,साउन २६ ।पर्सामा स्रोत नखुलेको साढे ५२ लाख नगदसहित चार जना पक्राउ परेका छन्।
वीरगन्ज महानगरपालिका-१० आदर्शनगरबाट प्रहरीले दुई वटा मोटरसाइकलमा सवार चार जनालाई ५२ लाख ५० हजार रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी चक्रबहादुर मल्लले जानकारी दिए।
विशेष सूचनाको आधारमा सोमबार राति खटिएको प्रहरीले प्रदेश २-०३-००३ प ७२१५ र ना ५७ प ५१८२ नम्बरको मोटरसाइकलमा सवार चार जनाबाट स्रोत नखुलेको नगद बरामद गरेको हो।
पक्राउ पर्नेमा एक जना भारतीय र तीन नेपाली छन् । पर्साका २५ वर्षीय राहुल गुप्ता, बाराका ३२ वर्षीय उपेन्द्र साह र २६ वर्षीय सागर कुमार सर्राफ पक्राउ परेका हुन्। विहार यस्तै भारतकाे विहार सितामढीका २६ वर्षीय सुरज कर्ण पनि पक्राउ परेका छन्।
उनीहरूमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।


