२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

जापान पठाउने भन्दै २ करोड ८० लाख ठगेको आरोपमा कन्सल्टेन्सीका सीईओ पक्राउ

जापान पठाउने भन्दै २ करोड ८० लाख ठगेको आरोपमा कन्सल्टेन्सीका सीईओ पक्राउ

साझा पोष्ट
मंगलबार, साउन २६ २०८३
  • images
    images
    जापान पठाउने  भन्दै २ करोड ८० लाख ठगेको आरोपमा  कन्सल्टेन्सीका सीईओ पक्राउ

    काठमाडौं,साउन २६ । जापान पठाइदिन्छु भन्दै १ सय १५ जनाबाट २ करोड ८० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक कन्सल्टेन्सीका कार्यकारी अधिकृतलाई पक्राउ गरेको छ। 


    images

    पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका– ७ चाङ्गाथलीका २९ वर्षीय प्रतीक बुढाथोकी  छन्। 

    उनलाई वैदेशिक रोजगार विभागबाट जारी भएको पक्राउ पुर्जीका आधारमा सोमबार बुटवलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।   उनी कन्सल्टेन्सी ग्याटस्बी इन्टरन्यास्नल प्रालिका प्रमुख कार्यकारी अधिकृतसमेत हुन्।

    उनले गेटस्वि एन्टरनेशनल प्रालि नामको कन्सल्टेन्सीमार्फत्  १ सय १५ जनालाई जापान पठाइदिने भन्दै उनीहरूबाट कुल २ करोड ८० लाख रुपैयाँ रकम लिएको प्रहरीले जनाएको छ। 

    बुढाथोकीमाथि वैदेशिक रोजगारसम्बन्धी ठगीको कसुरमा आवश्यक अनुसन्धान भइरहेको छ।
     

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार