२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

सुनसरी र सिरहामा मारिएका ४ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय

सुनसरी र सिरहामा मारिएका ४ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय

साझा पोष्ट
मंगलबार, साउन २६ २०८३
  • images
    images
    सुनसरी र सिरहामा मारिएका ४ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय

    काठमाडौं,साउन २६ । सरकारले सुनसरी र सिरहाको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु भएका ४ जनालाई शहीद घोषणा गरेको छ ।


    images

    आज बसेको मन्त्रिपरिषद् बैठकले सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रवीन्द्रकुमारा मेहता र सिरहा गणेशकुमार यादवलाई शहीद घोषणा गरेको प्रवक्ता शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

    साउन ९ गते राति दुई समुदायबीचको झडपमा देवानगञ्ज ३ कप्तानगञ्जमा ओमप्रकाश मेहताको मृत्यु भएको थियो । घाइते जयप्रकाश मेहताको उपचारका क्रममा विराटनगरमा र रवीन्द्रको काठमाडौं शिक्षण अस्पतालमा मृत्यु भएको थियो ।

    देवानगञ्ज घटनापछि भड्किएको हिंसाका क्रममा सिरहा गोलबजारमा भएको प्रदर्शनमा गणेशकुमार यादवले ज्यान गुमाएका थिए । गृहमन्त्री सुधन गुरुङले मृतकका राहत, क्षतिपूर्तिलगायतका विषयमा त्यहीँ पुगेरै परिवारसँग सहमति गरेका थिए ।

     

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार