काठमाडौं,साउन २६ । प्रतिनिधिसभा बैठक गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ।
सदनमा एक चौथाई सदस्य अर्थात् ६९ सदस्य उपस्थित हुनुपर्नेमा ६१ मात्रै रहेकाले बैठक स्थगित गरिएको हो।
खानीसम्बन्धी विधेयक विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेकोमा कांग्रेस सांसद निश्कल राईले गणपुरक संख्या यकिन गर्नुपर्ने भन्दै प्रश्न उठाएका थिए।
गणपूरक संख्या नपुगेपछि सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक भदौ १ गते बस्ने गरी बैठक स्थगित गरे । गणपुरक सङ्ख्या नपुग्दा प्रतिनिधिसभाको आजको बैठकले खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस हुन सकेन । सो प्रस्ताव अर्को बैठकमा निर्णयार्थ पेस गरिने भएको छ ।


