२०८३, साउन ३१ गते

आइतबार, साउन ३१ गते २०८३

आइतबार, साउन ३१ गते २०८३

जेएन थपलियालाई दलको नेताबाट हटाउन अविश्वासको प्रस्ताव दर्ता, किरण थापालाई नेता बनाउने तयारी

जेएन थपलियालाई दलको नेताबाट हटाउन अविश्वासको प्रस्ताव दर्ता, किरण थापालाई नेता बनाउने तयारी

साझा पोष्ट
बुधबार, साउन २७ २०८३
  • images
    images
    जेएन थपलियालाई दलको नेताबाट हटाउन अविश्वासको प्रस्ताव दर्ता, किरण थापालाई नेता बनाउने तयारी

    काठमाडौं,साउन २७ ।  नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेताबाट जगन्नाथ (जेएन) थपलियालाई हटाउने प्रक्रिया अगाडि बढाइएको छ ।


    images

    स्रोतका अनुसार एमाले प्रदेश संसदीय दलको कार्यालयमा थपलियाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।  पार्टी नेतृत्वको निर्देशनअनुसार, संसदीय दलको नेता परिवर्तन गर्ने तयारीस्वरूप प्रस्ताव दर्ता गरिएको बताइएकाे छ।

    थपलियालाई हटाएर पूर्व स्वास्थ्यमन्त्री किरण थापालाई संसदीय दलको नेता बनाउने तयारी गरिएको छ। त्यसका लागि एमालेका प्रदेश सभा सदस्यहरूको बहुमतको हस्ताक्षरसमेत संकलन भइसकेको छ । 

    बागमती सरकारबाट समर्थन फिर्ता लिएपछि प्रदेशको सत्ता समीकरण थप जटिल बनेका बेला एमालेले आफ्नै संसदीय दलको नेतृत्व परिवर्तनको प्रक्रिया अघि बढाइएको हो।
    थपलियालाई हटाएर किरण थापामगरलाई दलको नेता बनाउन केही समय अगाडि नै हस्ताक्षर संकलन भएको थियो । तर गुन्डुमा यसबारे छलफल हुँदा थपलिया बेहोस् भएपछि अविश्वासको प्रस्ताव प्रक्रियामा लगिएको थिएन ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार