काठमाडौं,साउन २७ । नेपाल कम्युनिष्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न माग गरेका छन् ।
सामाजिक सञ्जालमार्फत प्रचण्डले श्रेष्ठको रिहाइएको माग गरेका हुन् । श्रेष्ठको पक्राउलाई प्रचण्डले लोकतन्त्रको उपहास भनेका छन् ।
प्रचण्डले भनेका छन, नेपालको स्थापित पत्रिका जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई समाचार लेखेकै आधारमा निश्चित विधि र प्रक्रिया नअपनाई राज्यद्वारा धरपकड गरिनु लोकतन्त्रको उपहास हो। उहाँलाई तत्काल रिहाइको माग गर्दछु।'


