काठमाडौं,साउन २८ । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्किएका छन्।
हङकङबाट बैंकक हुँदै देउवा साढे पाँच महिनापछिबिहीबार नेपाल फर्किएका हुन्। उनलाई कांग्रेस नेताहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।
कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेताहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, आनन्द ढुंगाना, मोहन बस्नेत र विमलेन्द्र निधी लगायतका नेताहरू विमानस्थल पुगेका छन्। उनको स्वागतका लागि कांग्रेसका नेता, कार्यकर्ता तथा शुभेच्छुक विमानस्थल पुगेका छन्।
गत भदौमा जेनजी आन्दोलनका क्रममा देउवा र उनकी पत्नी आरजु राणा देउवामाथि आक्रमण र घरमा आगजनी गरिएको थियो। त्यसपछि उपचारका लागि उनी सिंगापुर गएका थिए। पछिल्लो पटक फागुनमा थप उपचारका लागि सिंगापुरहुँदै हङकङ पुगेका थिए।




