२०८३, साउन ३१ गते

आइतबार, साउन ३१ गते २०८३

आइतबार, साउन ३१ गते २०८३

कांग्रेसको वैधानिक सभापति देउवानै हुन्ः शशांक कोइराला

कांग्रेसको वैधानिक सभापति देउवानै हुन्ः शशांक कोइराला

साझा पोष्ट
बिहीबार , साउन २८ २०८३
  • images
    images
    कांग्रेसको वैधानिक सभापति देउवानै हुन्ः शशांक कोइराला

    काठमाडौं,साउन २८ । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले कांग्रेसको वैधानिक सभापति शेरबहादुर देउवा नै रहेको दाबी गरेका छन्।


    images

    बिहीबार देउवा स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतका लागि पुगेका नेता कोइरालाले यस्तो दाबी गरेका हुन्।  सभापतिको जिम्मेवारीका विषयमा कुनै कानुनी अड्चन वा ‘स्टे अर्डर’ नरहेको उल्लेख गर्दै उनले देउवा नेतृत्वकै मातहतमा पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड दिए।

    उनले पार्टीभित्रको आन्तरिक एकतामा जोड दिँदै बाहिरिएका पक्षहरूलाई पुनः मूलधारमा समाहित गर्नुपर्ने बताए। कोइरालाले पार्टीलाई एक ढिक्का बनाउने प्रयास जारी रहने उल्लेख गरे। पार्टी सभापति गगनकुमार थापाप्रति लक्षित गर्दै उनले पार्टीबाट छुट्टिएर गएको बताए।

    उनले भने, ‘सानेपा कांग्रेस छुट्टिएर गएको छ, उनीहरु आउनुपर्ने हो, उनीहरूले अनादर गर्छन्, के गर्छन् उनीहरुको कुरा हो। देउवा पार्टीको सभापति नै हो। अहिले पनि नेपाली कांग्रेसको सभपाति शेरबहादुर देउवा नै हो। उहाँ नै सभापति हो। स्टे अर्डर आएको छ कि छैन? हाम्रो प्रयास एक गर्न रहन्छ।’

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार