काठमाडौं,साउन २८ । नेपाली कांग्रेसको इतर समूहको सम्पर्क कार्यालय चुनदेवीमा शेरबहादुर देउवालाई सभापतिकै रुपमा छुट्टै कार्यकक्ष स्थापना गरिएको छ।
कार्यकक्ष बाहिर र भित्र ‘सभापति’ शेरबहादुर देउवा लेखिएको नेमप्लेट राखिएको छ । यसअघि आजै डा.शशांक कोइरालाले देउवानै पार्टीको आधिकारिक सभापति भएको बताएका थिए ।
तर स्वदेश फर्किएपछि जारी गरेको अपिलमा देउवाले भने आफूलाई सभापति थिएनन् । अपिलमा उनले आफूलाई 'शेरबहादुर देउवा' मात्रै लेखेका छन् ।


