२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

पत्रकार किशोर श्रेष्ठलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

पत्रकार किशोर श्रेष्ठलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

साझा पोष्ट
बिहीबार , साउन २८ २०८३
  • images
    images
    पत्रकार किशोर श्रेष्ठलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

    काठमाडौं,साउन २८ । पत्रकार किशोर श्रेष्ठविरुद्ध जिल्ला अदालत काठमाडौंले अनुसन्धानका लागि तीन दिनको म्याद थपको अनुमति दिएको छ।  न्यायाधीश उमेश प्रसाद लुइँटेलको इजलासले म्याद थपको अनुमति दिएको हो।


    images

    श्रेष्ठलाई प्रहरीले बुधबार राति ललितपुरस्थित आफ्नै निवासबाट पक्राउ गरेको थियो।

    श्रेष्ठ जनआस्था साप्ताहिक तथा जनआस्था डटकमका सञ्चालक एवं सम्पादक हुन् । उनलाई वैयत्तिक गोपनीयताको हनन् सम्बन्धी कसुरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

    उनको रिहाइको माग गर्दै पत्रकारसँग सम्बन्धित संघसंस्थाहरूले प्रदर्शन गरिरहेका छन्। उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार