२०८३, साउन २९ गते

शुक्रबार, साउन २९ गते २०८३

शुक्रबार, साउन २९ गते २०८३

सरकारले तोक्यो संवैधानिक पदाधिकारीको तलब

सरकारले तोक्यो संवैधानिक पदाधिकारीको तलब

साझा पोष्ट
शुक्रबार, साउन २९ २०८३
  • images
    images
    सरकारले तोक्यो संवैधानिक पदाधिकारीको तलब

    काठमाडौं,साउन २९ ।  सरकारले न्यायपालिका र अन्य संवैधानिक निकायका पदाधिकारीहरूको नयाँ तलबमान तोकेको छ । अर्थ मन्त्रालयले ६ साउनको सूचना राखी राजपत्रमा नयाँ तलबमान तोकेको हो । नयाँ तलबमान १ साउन, २०८३ देखि नै लागू हुनेछ ।


    images

    अब प्रधानन्यायाधीशको एक महिनाको तलब एक लाख १२ हजार ५२२ हुनेछ । न्यायाधीशहरुको तलब ९३ हजार ५४७ रुपैंया हुनेछ । न्यायपरिषदका सदस्य र महान्यायाधीवक्ताको तलब पनि न्यायाधीश सरह नै हुनेछ ।

    प्रधानन्यायाधीश र सर्वोच्चका न्यायाधीशको पारिश्रमिक, सुविधा र सेवा अन्य शर्त सम्बन्धी ऐन, २०७४ अनुसार उनीहरुको तलब र सुविधा निर्धारण गरिएको हो । 

    उच्च अदालतका मुख्य न्यायाधीशको तलब ९० हजार ६४० पुगेको छ । उच्च अदालतका न्यायाधीशहरुले अब मासिक ८४ हजार ५९० रुपैंया पाउनेछन् । जिल्ला न्यायाधीशहरुको तलब ७७ हजार ११० रुपैंया पुगेको छ ।

    सरकारले संवैधानिक निकायका प्रमुखहरुको तलब सर्वोच्चका न्यायाधीश सरह अर्थात ९३ हजार ५४७ रुपैंया तोकेको छ भने अरु पदाधिकारीले ८५ हजार ४२६ रुपैंया तलब पाउनेछन् ।

    संघीय संसदका महासचिवको तलब ८४ हजार ९३२ रुपैंया पुगेको छ भने सचिवहरुले ७९ हजार २९० रुपैंया पाउनेछन् ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार