२०८३, असोज २३ गते

शुक्रबार, असोज २३ गते २०८३

शुक्रबार, असोज २३ गते २०८३

'सरकारको केन्द्र ज्वागल बन्यो, गुण्डागर्दी र हुकुमी शासनको नाश निश्चित छ’ (भिडियो )

'सरकारको केन्द्र ज्वागल बन्यो, गुण्डागर्दी र हुकुमी शासनको नाश निश्चित छ’ (भिडियो )

साझा पोष्ट
बिहीबार , भदौ २५ २०८३
  • images
    images
    'सरकारको केन्द्र ज्वागल बन्यो, गुण्डागर्दी र हुकुमी शासनको नाश निश्चित छ’ (भिडियो )

    काठमाडौं,भदौ २५ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. अमरेशकुमार सिंहले वर्तमान सरकार प्रधानमन्त्रीका सल्लाहकार र सचिवालयबाट सञ्चालन भइरहेको आरोप लगाएका छन् ।


    images

    बिहीवार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको कार्यकारी अधिकारमा सल्लाहकार तथा सचिवालय हावी भएको आरोप लगाएका हुन् । उनले सरकार संविधानको मर्मविपरीत सञ्चालन भइरहेको दाबी गरे ।

    नेपालको संसदीय व्यवस्थामा प्रधानमन्त्रीय शासन व्यवस्था भए पनि व्यवहारमा ‘सल्लाहकारको शासन’ जस्तो अवस्था देखिएको उनले बताए । यस्तो व्यवस्था संविधानको कुन प्रावधान र ऐनमा आधारित छ भन्ने प्रश्न गर्दै उनले प्रधानमन्त्रीको सचिवालयबाट कर्मचारी तथा सुरक्षा निकायका प्रमुखमाथि पटक–पटक दबाब दिने गरिएको आरोप लगाए ।

    सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशकलाई राति बोलाएर रेड नोटिस जारी गर्न दबाब दिइएको दाबी गर्दै उनले प्रहरी नेतृत्वलाई समेत अपमानित गरिएको बताए । सरकारको केन्द्र सिंहदरबारबाट बाहिर सरेर ‘ज्वागल’ पुगेको टिप्पणी पनि उनले गरे ।

    ">

    उनले भने, ‘हाम्रो संसदीय व्यवस्थामा प्रधानमन्त्रीय शासन व्यवस्था छ । तर प्रधानमन्त्रीय शासन व्यवस्था सल्लाहकारको व्यवस्थामा चेन्ज भएको छ । यो संविधानको कुन दफामा छ ? कुन ऐनमा छ मैले बुझ्न सकेको छैन । सल्लाहकारलाई प्रधानमन्त्रीलाई यदि योग्यता छ भने उहाँ प्रधानमन्त्रीको कानमा सल्लाह दिऊँ । लेखेर दिऊँ । मलाई लाग्दैन उहाँको सल्लाहकार शायद मैले नथाहा होला हार्वर्ड, अक्सफोर्ड र क्याम्ब्रिज पढेको हो । सरकारका केन्द्र मैले सिंहदरबार बुझ्या थिएँ, तर सरकारका केन्द्र ज्वागल बनेको छ । हुकुमी शासन चलिरहेको छ ।’

    सिंहले गणतन्त्र, संघीयता, समावेशिता र धर्मनिरपेक्षता संविधानका प्रमुख आधार भए पनि सरकारले ती आधारमाथि निरन्तर प्रहार गरिरहेको आरोप लगाए ।

    उनले मधेशी समुदायमाथि समेत सरकारले विभेद गरिरहेको दाबी गर्दै सरकारी नियुक्तिमा समावेशिताको सिद्धान्त पालना नभएको बताए । पछिल्लो समय न्यायालय, कर्मचारी र सञ्चारकर्मीलाई धम्की दिने प्रवृत्ति बढेको आरोप पनि उनले लगाए ।

    प्रधानमन्त्रीका सल्लाहकारले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुखलाई भेटेको दाबी गर्दै उनले उक्त भेट सार्वजनिक नगरिएको आरोप लगाए ।

    उनले भने, ‘यो एउटा सल्लाहकार यो सरकारलाई नाश गर्न काफी छ, बाँकी सचिवालयको त कुरै नगरौँ । तेस्रो, न्यायालय अस्तव्यस्त छ, कर्मचारी अस्तव्यस्त छन् । फोर्थ पिलर स्टेटलाई, सञ्चारकर्मीलाई धम्क्याइन्छ । तपाईं गलत गरेछ पत्रकार त्यसलाई कारबाही गर्नुस्, तर तपाईंलाई धम्क्याउने अधिकार कसैले दिएको छैन । धम्कीको शासन हुनुहुँदैन ।’

    सरकार प्रधानमन्त्रीको सचिवालय र सल्लाहकारप्रति नभई संसद्, जनप्रतिनिधि र संसद्प्रति उत्तरदायी हुनुपर्ने उनले बताए ।

    ">

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार