काठमाडौं,भदौ २५ । मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत गरेको छ।
आज बसेको बैठकले संयुक्त राष्ट्र सङ्घको ८१औँ महासभामा भाग लिन प्रधानमन्त्री शाह नेतृत्वको प्रतिनिधिमण्डललाई भ्रमण स्वीकृत गरेको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । भ्रमण असोज ६ देखि १० गतेसम्म हुने बताए ।प्रधानमन्त्री शाहले असोज ८ गते राष्ट्र सङ्घको ८१औँ महासभालाई सम्बोधन गर्दैछन् ।



