२०८३, असोज २२ गते

बिहीबार , असोज २२ गते २०८३

बिहीबार , असोज २२ गते २०८३

प्रधानमन्त्रीले राष्ट्रसंघको महासभामा उठाउनेछन् यी विषय

प्रधानमन्त्रीले राष्ट्रसंघको महासभामा उठाउनेछन् यी विषय

साझा पोष्ट
शुक्रबार, भदौ २६ २०८३
  • images
    images
    प्रधानमन्त्रीले  राष्ट्रसंघको महासभामा उठाउनेछन् यी विषय

    काठमाडौं,भदौ २६ । प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा जलवायु संकटबाट नेपालमा परेको असरबाट जानकारी गराउने भएका छन् । शुक्रबार परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीले  संयुक्त राष्ट्रसंघको महासभामा जलवायु र त्यसबाट सिर्जित प्रकोपको विषयमा पाँचवटा विषयमा विश्वको ध्यानाकर्षण गराउने जानकारी दिएको हो । 


    images

    सेप्टेम्बर २४ मा महासभालाइ सम्बोधन गर्दै प्रधानमन्त्रीले  जलवायु परिवर्तन र यसबाट सिर्जित प्रकोपबाट नेपालले बारम्बार भोग्नुपरेको जनधनको ठूलो क्षति बारे विश्वसमुदायको ध्यानाकर्षण गर्नेछन् ।

    नेपालले नगन्य कार्बन उत्सर्जन गरे तापनि जलवायु परिवर्तनका नकारात्मक असरहरू भोग्नुपरिरहेको विषयलाई प्रधानमन्त्रीले प्रस्तुत गर्नेछन् ।

    नेपालले हानी नोक्सान कोष लगायतका निकायबाट तत्कालै र उचित क्षतिपूर्ति प्राप्त गर्ने जस्ता जलवायु न्याय सम्बन्धी विषयमा विश्व समुदायलाई आह्वान गर्ने परराष्ट्रले जानकारी दिएको छ । 

    नेपालमा जलवायु उत्थानशील पूर्वाधार निर्माण गर्न, जलवायु चुस्त कृषि प्रवर्द्धन गर्न र सरोकारवालाहरूको क्षमता विकास गर्न आवश्यक प्रविधि र जलवायु वित्त सहज र सहुलियतपूर्ण रूपमा उपलब्ध गराउन धनी र विकसित मुलुकहरूलाई अपिल गर्नेछन् ।

    नेपालले प्रकृति(मैत्री जीवनशैली, ४६ प्रतिशतभन्दा बढी जङ्गल, विशाल हिमालय क्षेत्र र बृहद् नदी प्रणालीमार्फत विश्व वातावरण संरक्षण र प्रवर्द्धनमा पुर्‍याउँदै आएको योगदानको बारेमा जानकारी गराउने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

     

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार