२०८३, असोज २३ गते

शुक्रबार, असोज २३ गते २०८३

शुक्रबार, असोज २३ गते २०८३

देश अनिश्चितताको अँध्यारो सुरुङभित्र प्रवेश गरेको छः लिङदेन

देश अनिश्चितताको अँध्यारो सुरुङभित्र प्रवेश गरेको छः लिङदेन

साझा पोष्ट
आइतबार, भदौ २८ २०८३
  • images
    images
    देश अनिश्चितताको अँध्यारो सुरुङभित्र प्रवेश गरेको छः लिङदेन

    काठमाडौं,भदौ २८ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले जेनजेड विद्रोहपछि जनतामा आशा जाग्ने काम हुन नसकेको बताएका छन् । 


    images

    जनताको आकांक्षा पूरा गर्ने दिशामा देश अघि बढ्न नसकेको भन्दै उनले मुलुक अनिश्चितताको अँध्यारो सुरुङभित्र प्रवेश गरेको टिप्पणी गरेका हुन् । आईतवार  काठमाडौँमा आयोजित राप्रपा काठमाडौँ जिल्ला अधिवेशनमा बोल्दै लिङदेनले विद्रोह जुन उद्देश्यका लागि भएको थियो, त्यसअनुसार जनताको अपेक्षा पूरा हुने वातावरण बन्न नसकेको बताए । उनले जनतामा आशा जाग्ने अवस्था सिर्जना हुनुको सट्टा राजनीतिक तरलता र अनिश्चितता झन् बढ्दै गएको दाबी गरे। 

    उनले भने, ‘जुन विद्रोह भएको थियो, जुन उद्देश्यका लागि भएको थियो, त्यसअनुसार जनतामा आशा जाग्ने काम हुन सकेको छैन । जनताको आकांक्षा पूरा गर्ने दिशामा देश अगाडि बढ्न सकेको देखिँदैन । बरु, देशमा आशा जाग्नुको सट्टा अनिश्चितताको अँध्यारो सुरुङभित्र प्रवेश गरेको अवस्था छ । राजनीतिक तरलता र अनिश्चय झन् बढ्दै गएको छ ।’

    लिङदेनले राजनीतिक परिस्थितिमा झन् तरलता बढेको र मुलुकको भविष्यबारे अनिश्चयसमेत गहिरिँदै गएको बताए । उनकाअनुसार जनताको आकांक्षा परिपूर्ति गर्ने दिशामा देश अघि बढ्न नसक्दा विद्रोहपछि पनि अपेक्षित परिवर्तनको अनुभूति हुन सकेको छैन ।  

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार