काठमाडौं,भदौ ३०। नेकपा एमालेले प्रधानमन्त्री वालेन्द्र शाहलाई एक्लै काफी छु भन्ने घमन्ड नदेखाउन चेतावनी दिएको छ । प्रतिनिधि सभाको बैठकमा संसदीय दलकी उपनेता पद्मा अर्यालले एक्लै विपत्तिको सामना हुन नसक्ने भन्दै यस्तो सोध नराख्न भनेकी हुन् ।
उनले भनिन्, ‘यो विपत्तिको बेलामा एक्लै काफी छु भन्ने घमन्ड नगर्नुस्। देश र जनताको माया तपाईँलाई बढी हामीलाई कम भन्ने हुन सक्दैन। काम नै भएन भन्ने खोजेको होइन। अझ बेसी गर्न सकिन्थ्यो।’
विपद्को बेलामा सरकारले आवश्यक छलफल र समन्वय नगरेको कारणले धेरै क्षति भोग्नुपरेको आरोप लगाइन्। ठूलो विपद्को बेलामा आवश्यक परे अन्य मुलुकसँग सहयोग लिन सरकार हिचकिचाउनु नहुने उनको भनाइ छ।



