२०८३, असोज ७ गते

बुधबार, असोज ७ गते २०८३

बुधबार, असोज ७ गते २०८३

आईजीपी कार्कीविरुद्ध सांसद खगेन्द्र सुनारको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइयो

आईजीपी कार्कीविरुद्ध सांसद खगेन्द्र सुनारको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइयो

साझा पोष्ट
मंगलबार, भदौ ३० २०८३
  • images
    images
    आईजीपी कार्कीविरुद्ध सांसद खगेन्द्र सुनारको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइयो

    काठमाडौं,भदौ ३० । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले  प्रहरी महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन दिएका छन्।


    images

    आज बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अर्यालले सांसद सुनारको अभिव्यक्ति हटाउन निर्देशन दिएका हुन्।

    सभामुखले भने ‘माननीय खगेन्द्र सुनारले मिति २०८३ भदौ २६ गतेको बैठकमा कहिल्यै पनि भन्ने वाक्यांशदेखि आरोप गम्भीर हुन्छ भन्ने वाक्यांशको बीचको शब्दावली सभाको अभिलेखबाट हटाउन सचिवालयलाई निर्देश गर्दछु।’

    सांसद सुनारले बाबुलाई छोरीको, पुलिसलाई चोरीको आरोप गम्भीर हुन्छ भन्दै आइजीपी कार्कीलाई तत्काल बर्खास्त गरेर छानबिन गर्न माग गरेका थिए।

    बैठकको शून्य समयमा उनले महानिरीक्षक कार्कीमाथि करोडौंको भ्रष्टाचार गरेको आरोप लागेको भन्दै बर्खास्त गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

    ‘तल्लो दर्जाका प्रहरीहरूको जुत्ता, मोजा खाइदिएको आरोप उनीमाथि लागेको छ । करोडौं करोड भ्रष्टाचार गरेको आरोप उनीमाथि लागेको छ,’ सुनारले भनेका थिए, ‘यो सरकार उनलाई बर्खास्त किन गरिरहेको छैन ? उनीमाथि छानबिन किन भइरहेको छैन ? के कारणले उनलाई बचाइ राखिएको छ, यो सम्मानित सदनमार्फत म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

    साथै, उनले महानिरीक्षक कार्कीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि संसद्का् सार्वजनिक लेखा समितिमा भ्रष्टाचार गरेको आरोपका उजुरीहरूको चाङमाथि चाङ थपिँदै गएको दाबी पनि गरेका थिए ।

    सांसद सुनारले थप भनेका थिए, ‘सामान्य आरोपको भरमा अहिलेसम्म तीन जना मन्त्री बर्खास्तमा परिसक्नुभएको छ । तर, करोडौं करोड भ्रष्टाचार गरेको आरोप अहिलेका नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, उनकी श्रीमतीलगायत ठूलो अधिकारीमाथि लागेको छ । करोडौं भ्रष्टाचार गरेको आरोपको उजुरीहरू अख्तियारदेखि सार्वजनिक लेखा समितिमा चाङमाथि चाङ खापिँदै गएको छ ।’

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार