२०८३, असोज २२ गते

बिहीबार , असोज २२ गते २०८३

बिहीबार , असोज २२ गते २०८३

सरकार संविधानको अक्षर र भावनाप्रति पूर्ण प्रतिबद्ध छ : प्रधानमन्त्री

सरकार संविधानको अक्षर र भावनाप्रति पूर्ण प्रतिबद्ध छ : प्रधानमन्त्री

साझा पोष्ट
शनिबार, असोज ३ २०८३
  • images
    images
    सरकार संविधानको अक्षर र भावनाप्रति पूर्ण प्रतिबद्ध छ : प्रधानमन्त्री

    काठमाडौं,असोज ३ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सरकार विद्यमान संविधानप्रति सरकार पूर्णरुपमा प्रतिबद्ध रहेको बताएका छन् ।


    images

    संविधान दिवसको अवसरमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेनले संविधानप्रति पूर्णप्रतिवद्धता जनाएका हुन् । 'यो संविधानको अक्षर र भावना , दुवैप्रति यो सरकार पूर्णरूपमा प्रतिबद्ध छ।
    यो संविधानप्रतिको निष्ठा र यसको पालनामा हामी पूर्ण प्रतिबद्ध छौँ- म यो वाचा आज फेरि दोहोर्‍याउँछु। उनले भने, शहीदहरूको रगतले लेखेको संविधान , हामी कामले पूरा गर्छौँ। '

    उनले संविधान जति राम्रो भएपनि च्यसलाई चलाउने हातहरु इमानदार र अनवरत क्रियाशील भएनन् भने त्यो कागज मात्रै हुने बताए । ‘तर, एउटा कुरा हामीले कहिल्यै बिर्सनुहुँदैन । संविधान जति राम्रो भएपनि त्यसलाई चलाउने हात तमानदार र अनवरत क्रियाशील भएनन् भने त्यो एउटा कागज मात्रै बन्नेछ’, उनले भने ।

    उनले सरकारले सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रणका लागि सरकारले काम गरिरहेको दाबी पनि गरे । ‘म प्रष्ट भन्छु( यो सुरुवात हो, अन्त्य होइन । भ्रष्टाचार र दण्डहीनताको जरो गहिरो छ तर यो जरो उखेल्ने हातहरु बलिया छन् । झन् धेरै छन्’, उनले अघि भने, ‘विकासका लागि सुशासन अनिवार्य पूर्वसर्त हो भन्ने कुरामा सरकार सचेत छ ।

     

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार