२०८३, मंसिर १४ गते

आइतबार, मंसिर १४ गते २०८३

आइतबार, मंसिर १४ गते २०८३

माथिल्लो त्रिशूली १ को सुरुङभित्र थप ११ जनाको शव फेला

माथिल्लो त्रिशूली १ को सुरुङभित्र थप ११ जनाको शव फेला

साझा पोष्ट
शनिबार, असोज ३ २०८३
  • images
    माथिल्लो त्रिशूली १ को सुरुङभित्र थप ११ जनाको शव फेला
    images

    काठमाडौं, असोज ३ । माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाको सुरुङभित्र आज (शनिबार) थप ११ जनाको शव भेटिएको छ। 


    images

    भदौ १० गते रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिको खोजी गर्ने क्रममा आज थप ११ शव फेला परेका हुन्। 

    आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले अडिट ३ टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको अवस्थामा आज ११ वटा शव पारी बाहिर निकालिएको आयोजनाले जानकारी दिएको छ।

    यसअघि शुक्रबार दिउँसो १३ र साँझ ५ वटा शव भेटिएका थिए। खोजी अझै जारी छ। र अहिलेसम्म २९ वटा शव भेटिएका छन् । 

     

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार