२०८३, असोज २० गते

मंगलबार, असोज २० गते २०८३

मंगलबार, असोज २० गते २०८३

सरकार स्वेच्छाचारी भएको छ, दलहरुबिच सहकार्य आवश्यक छ:शंकर पोख्रेल

सरकार स्वेच्छाचारी भएको छ, दलहरुबिच सहकार्य आवश्यक छ:शंकर पोख्रेल

साझा पोष्ट
आइतबार, असोज १८ २०८३
  • images
    images
    सरकार स्वेच्छाचारी भएको छ, दलहरुबिच सहकार्य आवश्यक छ:शंकर पोख्रेल

    काठमाडौं,असोज १८ । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले सरकार  स्वेच्छाकारी बाटोतर्फ हिंड्न खोजेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।


    images

    आइतबार नेपाली कांग्रेसको १५ औं महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । पोख्रेलले सरकार जनता र संसद्कसँग संवादमा नरहेको बताए । 
    सत्तारुढ रास्वपाका सभापति रवि लामिछानेले राष्ट्रिय मुद्दामा सबै दलहरूलाई एकैठाउँमा ल्याउने प्रयत्न गर्ने गरेको भए पनि सरकारबाट भने त्यस्तो नभएको भन्दै उनले आपत्ति जनाए ।

    ‘रास्वपाका सभापति रवि लामिछानेले राजनीतिक दलहरूलाई एक ठाउँमा ल्याउनका लागि निरन्तर प्रयत्न गर्नुहुन्छ, राष्ट्रिय मुद्दाहरूमा । तर सरकार राजनीतिक दलहरूसँग संवाद गर्दैन । सरकार संसद्सँग संवाद गर्दैन,’ पोखरेलले भने, ‘नागरिकसँग संवाद गर्दैन । सरकार चुनौतीको सामना गरेर जाने कुरामा संकल्प गर्न सक्दैन ।’
    उनले लोकतन्त्र, सार्वभौमसत्ता, विकास र समृद्धिको पक्षमा नेपाली कांग्रेससँग मिलेर काम गर्न एमाले तयार रहेको बताए । 

    उनले पछिल्लो समय जलवायु परिवर्तनका कारण नेपालमा प्राकृतिक विपत्तिको जोखिम बढिरहेको भन्दै विपत्तिको सामना गर्न राजनीतिक दलहरूबीच सहकार्य आवश्यक रहेको बताए।
    पोख्रेलले लोकतन्त्रको भविष्यमाथि समेत चिन्ता उत्पन्न भएको बताए। निर्वाचित जनप्रतिनिधि, संसद् र नागरिकसँग सरकारले संवाद गर्न नसकेको भन्दै उनले लोकतन्त्रको रक्षाका लागि राजनीतिक दलहरू सामूहिक रूपमा अघि बढ्नुपर्ने धारणा राखे।

    उनले भने, ‘जसरी हिजो नेपालका वामपन्थीहरू र लोकतन्त्रवादी शक्तिहरू मिलेर राणाशाहीलाई परास्त गरेका छौँ, पञ्चायतलाई परास्त गरेका छौँ, राजा ज्ञानेन्द्रको तानाशाहीलाई परास्त गरेका छौँ, त्यसैगरी लोकतन्त्रको रक्षाका लागि फेरि एकपटक सामूहिक रूपमा उठ्नुपर्ने अवस्था आएको छ।’

    पोख्रेलले नेपाल भूराजनीतिक द्वन्द्वको चपेटामा पर्नसक्ने अवस्था रहेकाले राष्ट्रियता र सार्वभौमसत्ताको रक्षाका लागि राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने बताए। नेपालका छिमेकी मुलुकलाई समेत आश्वस्त पार्नेगरी राष्ट्रिय हितमा साझा धारणा बनाउनुपर्ने उनको भनाइ थियो।

    भोटेकोशी र त्रिशूलीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको र अझै हजारौँ मानिस बेपत्ता रहेको उल्लेख गर्दै उनले जलवायु न्यायको प्रश्न नेपालको साझा प्रश्न भएको बताए।

    उनले जनताले सुशासन, प्रभावकारी सेवा प्रवाह र तीव्र विकासको अपेक्षा गरेपनि ती क्षेत्रमा अपेक्षाअनुसार प्रगति हुन नसकेको बताए । रोजगारीका लागि ठूलो संख्यामा युवा विदेश जान बाध्य रहेको भन्दै नयाँ पुस्ताका सपना र अपेक्षालाई निराशामा बदल्न नहुने धारणा राखे ।

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार