२०८३, असोज २६ गते

सोमबार, असोज २६ गते २०८३

सोमबार, असोज २६ गते २०८३

पृथ्वी राजमार्गको गलौंदी खण्डमा अवरुद्ध सडक खुलाउन प्रयास जारी, केही समयमै आवागमन सहज हुने अपेक्षा

पृथ्वी राजमार्गको गलौंदी खण्डमा अवरुद्ध सडक खुलाउन प्रयास जारी, केही समयमै आवागमन सहज हुने अपेक्षा

साझा पोष्ट
शनिबार, असोज २४ २०८३
  • images
    images
    पृथ्वी राजमार्गको गलौंदी खण्डमा अवरुद्ध सडक खुलाउन प्रयास जारी, केही समयमै आवागमन सहज हुने अपेक्षा

    काठमाडौं,असोज २४ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गलौंदी क्षेत्रमा अवरुद्ध सडकखण्ड खुलाउन शनिवार बिहानैदेखि युद्धस्तरमा काम भइरहेको छ । 
    यातायातको मुख्य मार्गका रूपमा रहेको यो खण्डमा ठप्प भएको सवारी आवागमन पुनः सुचारु गर्न सम्बन्धित निकाय र प्राविधिक टोलीले उच्च प्राथमिकताका साथ काम गरिरहेका छन् । केही समयअघि अवरुद्ध भएको पृथ्वी राजमार्गको गलौंदी खण्डलाई तत्काल सुचारु गर्न निर्माण व्यवसायीसहितको टोली परिचालन गरिएको छ । सडक अवरुद्ध हुँदा राजमार्गमा लामो समयदेखि सवारीसाधनको लामो लाइन लागेको छ भने यात्रुहरू अलपत्र परेका छन् ।


    images

    सडक विभाग र स्थानीय प्रशासनकाअनुसार सडक अवरोध हटाउन आवश्यक पर्ने भारी मेसिनरी र प्राविधिक टोली घटनास्थलमा खटाइएको छ । सडकको माटो र ढुङ्गा पन्छाउने कार्य जारी रहेको र केही घण्टाभित्रै यातायात सुचारु गर्ने गरी काम भइरहेको छ । अवरोध पन्छाउने कार्यमा कुनै कसर बाँकी नराख्न निर्देशन दिइएको र थप समस्या आउन नदिन प्राविधिक टोलीले सावधानीपूर्वक काम गरिरहेको बताइएको छ । 


    सम्बन्धित निकायले हाललाई वैकल्पिक सडक प्रयोग गर्न वा यात्रुहरूलाई धैर्यधारण गर्न आग्रह गरेको छ । सडक सञ्चालनमा आएलगत्तै सुरक्षाकर्मीको रोहबरमा सवारीसाधनलाई गन्तव्यतर्फ पठाउने तयारी भइरहेको छ । पछिल्लो समय मौसम र सडकको अवस्थाका कारण राजमार्गमा पटक–पटक समस्या देखिँदै आएकाले राजमार्ग व्यवस्थापनमा थप चुनौती थपिएको छ । –न्युज एजेन्सी नेपाल

     

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार