२०८३, असोज २६ गते

सोमबार, असोज २६ गते २०८३

सोमबार, असोज २६ गते २०८३

रोनाल्डोमाथि पोर्चुगल फुटबल महासंघको कारबाही, निलम्बन गरेर अनुसन्धान अघि बढाइयाे

रोनाल्डोमाथि पोर्चुगल फुटबल महासंघको कारबाही, निलम्बन गरेर अनुसन्धान अघि बढाइयाे

साझा पोष्ट
आइतबार, असोज २५ २०८३
  • images
    images
    रोनाल्डोमाथि पोर्चुगल फुटबल महासंघको कारबाही, निलम्बन गरेर अनुसन्धान अघि बढाइयाे

    काठमाडौं, असाेज २४ । पोर्चुगल फुटबल महासंघले निलम्बन  क्रिस्टियानो रोनाल्डोलाई निलम्बन गरेको छ । 


    images

    राष्ट्रिय टोलीको क्याम्प छाडेको घटनामा महासंघ रोनाल्डोमाथि अनुशासनात्मक कारबाही प्रक्रिया अघि बढाएको हो । 

    ४१ वर्षीय रोनाल्डोले पछिल्लो अन्तर्राष्ट्रिय खेलको विश्रामका क्रममा डेनमार्कसँगको खेल हुनुभन्दा २४ घण्टाअघि राष्ट्रिय टोलीको क्याम्प छाडेका थिए। त्यसपछि उनी विवादमा तानिएका थिए।

    पोर्चुगल फुटबल महासंघको अनुशासन परिषद्ले  घटनालाई गम्भीर मान्दै अनुसन्धानलाई प्राथमिकतामा राखेर उनीमाथि अनुशासनात्मक कारबाही  अघि बढाएको होे ।

    महासंघले रोनाल्डोमाथि लगाइएको अस्थायी निलम्बनलाई नियमित रूपमा स्वतः लागू हुने कारबाहीभन्दा अलग सावधानीस्वरूप गरिएको निर्णय भनेको छ।  यो अनुसन्धान पूरा भएर अन्तिम निर्णय नआउँदासम्मको प्रारम्भिक कारबाही हो।

    महासंघले घटनाको विस्तृत विवरण अनुसन्धान पूरा नभएसम्म गोप्य राखिने जनाएको छ।

    ६ महिनासम्म प्रतिबन्ध र जरिवाना हुन सक्ने

    पोर्चुगल फुटबल महासंघको अनुशासनसम्बन्धी नियमअनुसार, राष्ट्रिय टोलीमा बोलाइएपछि उचित कारणबिना क्याम्प छाडेको पुष्टि भएमा रोनाल्डोलाई एक महिनादेखि ६ महिनासम्म प्रतिबन्ध लाग्न सक्छ।


    नियमअनुसार राष्ट्रिय टोलीमा बोलाइएको खेलाडीले उचित कारणबिना प्रशिक्षण, खेल वा राष्ट्रिय टोलीसँग सम्बन्धित अन्य गतिविधिमा सहभागी नभएमा अनुशासनात्मक कारबाही गर्न सकिन्छ।

    व्यावसायिक खेलाडीको हकमा प्रतिबन्धसँगै आर्थिक जरिवानासमेत हुन सक्छ। 

    रोनाल्डोले पछिल्लो अन्तर्राष्ट्रिय विश्रामका क्रममा प्रशिक्षक जोर्गे जेसुससँगको विवादपछि पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडेका थिए। प्रशिक्षकको भनाइप्रति असन्तुष्टि जनाउँदै उनले टोली छाडेपछि यस विषयले व्यापक चर्चा पाएको थियो।

    पछि रोनाल्डोले आफ्नो पक्ष स्पष्ट पार्दै लामो वक्तव्य जारी गरेका थिए। उनले आफ्ना सहखेलाडी र पोर्चुगलका जनतासँग माफीसमेत मागेका थिए।

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार