काठमाडौं, कात्तिक १३ ।प्रधानमन्त्री बालेन्द्र शाहले समाचारको बहानामा पक्राउ गरिएका पत्रकारहरुलाई तत्काल रिहा गर्न निर्देशन दिएका छन् ।
प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालले सो जानकारी दिएकी हुन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै दाहालले पत्रकार पक्राउको घटनामा प्रधानमन्त्री र उनको सचिवालय तथा कार्यालयको संलग्नता नरहेको र पूर्वजानकारी समेत नरहेको दाबी गरेकी छन् ।
उक्त घटनाबारे थाहा पाउनासाथ प्रधानमन्त्रीले नियन्त्रणमा लिइएका पत्रकारहरूलाई तत्काल रिहा गर्न तथा समाचार कक्षमा प्रवेश गरी कुनै पनि प्रकारको धरपकड नगर्न सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिएको उनको भनाइ छ ।
शुक्रबार प्रहरीले नेपाल प्रेसका विश्वमणि सुवेदी, मोटिभेट न्यूजका शोभराज बराल र डिएनए न्यूजका धीरज बस्नेतलाई पक्राउ गरेको छ । नयाँ पत्रिकाका नवराज मैनाली र दियोपोष्टका सुदीप विश्वकर्मा र मदन ढुंगानालाई खोज्न सादापोशाकका प्रहरी कार्यालयमा पुगेका छन् ।
प्रधानमन्त्रीका प्रेस विज्ञ दीपा दाहालको स्ट्याटस



