२०८३, कात्तिक १९ गते

बुधबार, कात्तिक १९ गते २०८३

बुधबार, कात्तिक १९ गते २०८३

ग्लेन म्याक्सवेलले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

ग्लेन म्याक्सवेलले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

साझा पोष्ट
मंगलबार, कात्तिक १८ २०८३
  • images
    ग्लेन म्याक्सवेलले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास
    images

    काठमाडौं, कात्तिक १७ । अस्ट्रेलियाका अनुभवी अलराउन्डर ग्लेन म्याक्सवेलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । ३८ वर्षीय म्याक्सवेलले प्रथम श्रेणी र लिस्ट ए क्रिकेटबाट समेत बिदा लिएका छन् । 


    images


    यद्यपि, उनी बिग बास लिग (बीबीएल)मा मेलबर्न स्टार्सबाट खेल्नेछन् । क्लबले उनको सम्झौता २०२७–२८ सिजनसम्मका लागि नवीकरण गरेको छ ।

    म्याक्सवेलले गत वर्ष जुनमै एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटबाट सन्यास लिएका थिए । तर, टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भने उपलब्ध थिए ।

    उनले सन् २०२६ को टी–२० विश्वकप पनि खेलेका थिए । विश्वकपमा ओमानविरुद्ध गत फेब्रुअरीमा खेलेको खेल नै म्याक्सवेलको देशका लागि अन्तिम अन्तर्राष्ट्रिय खेल बन्यो । 

    ‘टी–२० विश्वकपअघि र पछि हामीबीच धेरै छलफल भएको थियो । अस्ट्रेलियाली टोली व्यवस्थापनबाट कुनै दबाब थिएन । हामीले भविष्यका लागि नयाँ खेलाडीलाई अवसर दिने निर्णय गर्‍यौँ । बंगलादेशमा पनि युवा खेलाडीले अवसर पाए र राम्रो प्रदर्शन गरे,’ म्याक्सवेलले फाइनल वर्ड पोडकास्टमा भने ।

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार