काठमाडौं, मंसिर ३ । झापाको बाह्रदशी गाउँपालिका–५ खटखटी टोलस्थित चारपाने राजगढ भित्री सडक खण्डमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
राजगढबाट चारपाने तर्फ जादै गरेको प्र१–०१–०१२प ४६३८ नम्बरकको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मधेश प्रदेश ०३–००२ त १०४० नम्बरको धान काट्ने मेसिन गाडी (ट्याक्टर) एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।
गए राति २२:४० बजेको समयमामा भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुइ जनाकाे ज्यान गएकाे हाे । उनीहरुकाे पहिचान खुल्न सकेकाे छैन । झापाका डीएसपी सुवास बुढाथोकीका अनुसार ठक्कर दिन ट्याकटर चालक फरार छन् र उनको खोजी कार्य जारी रहेको छ ।



