२०८३, मंसिर ५ गते

शुक्रबार, मंसिर ५ गते २०८३

शुक्रबार, मंसिर ५ गते २०८३

भीमफेदीमा फेरि सुमाे दुर्घटना : ३ जनाको ज्यान गयो, सात जना घाईते

भीमफेदीमा फेरि सुमाे दुर्घटना : ३ जनाको ज्यान गयो, सात जना घाईते

साझा पोष्ट
बिहीबार , मंसिर ४ २०८३
  • images
    भीमफेदीमा फेरि  सुमाे  दुर्घटना : ३ जनाको ज्यान गयो, सात जना घाईते
    images

    काठमाडौं, मंसिर ३ । मकवानपुरको भीमफेदी गाउँपालिका–१ सुन्दरीमोडमा आज बिहान टाटा सुमो गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ७ जना घाइते भएका प्रहरीले जनाएको छ। 


    images

    बिहीबार बिहान रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौँतर्फ आउँदै गरेको ना. १ ज २१४३ नम्बरको टाटा सुमो बिहीबार बिहान करिब ८ः३० बजे भैँसेस्थित हेटौँडा–भैँसे सडकखण्डको घुम्तीबाट तल खसेर दुर्घटना भएको हो।   चालकसहित सुमोमा सवार १० जनालाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पुर्‍याइएको थियो। चिकित्सकले तीन जनालाई मृत घोषणा गरेका हुन्। मृत्यु भएका तीन जनामध्ये दुई जनाको पहिचान खुलेको छ ।
     दुर्घटनामा परी मृत्यु हुनेमा रौतहटको चन्द्रपुर नगरपालिका–४ का ५० वर्षीय बमबहादुर वाइबा र २२ वर्षीया जेशिका तिमल्सिना रहेको प्रहरीले जनाएको छ । चन्द्रनिगाहपुरबाट जिप चढेकी मृतक महिलाको भने पहिचान खुलेको छैन ।
     दुर्घटनामा परी रौतहट चन्द्रपुर नगरपालिका–३ की १६ वर्षीया निमा थिङ, ५८ वर्षीय कान्छा ध्वज, १५ वर्षीया सुमिना थिङ, चन्द्रपुर–४ का ३३ वर्षीय कालुमान लोप्चन, चन्द्रपुर–३ की १६ वर्षीया शिखा लामा, ५५ वर्षीया हरिमाया थिङ र चन्द्रपुर–४ का १९ वर्षीय बय हाङ रानामगर घाइते भएका छन्।
    गाडी आफैँ अनियन्त्रित भएर सडकबाट करिब १० मिटर तल भैँसे खोलामा खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। 

    दुर्घटनालगत्तै नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली घटनास्थल पुगेर उद्धारमा खटिएका छन्।  दुर्घटनामा घाइते भएका अन्य सात जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
    उक्त सडक खण्डमा गएको कात्तिक २६ गते ईभी गाडी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो भने अरु ६ जना घाइते भएका थिए। 

     

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार