सुर्खेत, मंसिर ८ । १०औँ राष्ट्रिय खेलकुदअन्तर्गत पौडीमा कोशी प्रदेशका विकास कुमालले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् ।
मंगलबार बाँकेको नेपालगञ्जमा भएको ५० मिटर ब्रेस्टस्ट्रोकमा कोशी प्रदेशका कुमालले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन् । नयाँ राष्ट्रिय कीर्तिमान बनाउने क्रममा विकाशले ५० मिटर ब्रेस्टस्ट्रोक ३० दशमलव ६४ सेकेन्डमा पूरा गर्दै आफ्नै नाममा रहेको पुरानो कीर्तिमानमा भंग गरे ।
यसअघि सन् २०२३ मा काठमाडौंमा भएको ११औँ एनएसए कप पौडी प्रतियोगितामा विकासले निर्धारित दूरी ३० दशमलव ६६ सेकेन्डमा पूरा गर्दै राष्ट्रिय कीर्तिमान बनाएका थिए । उनले यसपटक आफ्नो पुरानो कीर्तिमानमा शून्य दशमलव शून्य दुई सेकेन्डले सुधार गरेका हुन् ।



