काठमाडौं, मंसिर ९ ।पछिल्लो समय पत्रकारमाथि भइरहेको धरपकड, गिरफ्तारी तथा प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपप्रति असन्तुष्टि जनाउँदै नेपाल पत्रकार महासंघले ले देशभर विरोध प्रदर्शन गरेको छ।
‘पत्रकारलाई पटकपटक हैन, एकैपटक सामूहिक गिरफ्तार गर’ भन्ने नारासहित प्रदर्शन भएकाे हाे । सहभागी पत्रकारहरूले पत्रकारलाई समाचार संकलन तथा सम्प्रेषण गर्ने क्रममा निर्वाध रूपमा काम गर्न पाउनुपर्ने माग गरेका छन्।



